यूकेकी चेलीले खोलिन पोखरामा फोटोग्राफी

पोखरा ६ पुष/यूकेका फोटो ग्राफर तथा फाइन आर्टिस्ट जर्जिना फ्रस्टरद्धारा सञ्चालित पोखरा फोटोग्राफीको शुक्रबार देखि शुभारम्भ भएको छ । पोखराको सृजनाचोकमा शुक्रबारदेखि पोखरा फोटोग्राफीको शुभारम्भ गरिएको हो । फोटो ग्राफी प्रति चाहाना भएकाहरुलाइ लक्षित गर्दै थोरै रकममा फोटो ग्राफी तथा फाइन आर्ट सिक्न चाहनेहरुका लागी आफुले नपालमा फोटो ग्राफीको शुभारम्भ गरेको सञ्चालिका फ्रस्टरले वताइन ।

उनले भनिन १ वर्षदेखि नेपालमा विभिन्न फोटो ग्राफी , फाइन आर्ट र डकुमेन्ट्रीहरु निर्माण गर्दै आइरहेको र विभिन्न ठाउहरुमा घुम्दा फोटोग्राफी सिक्न चाहनेहरु भेटेकाले उनीहरु प्रति लक्षित गर्दै पोखरामा पोखरा फोटोग्राफीको स्थापना गरेको हु ।

फ्रस्टरले शुभारम्भ गरेको फोटोग्राफी सेन्टरमा अनुभवी फोटो ग्राफरहरुले पनि सल्लाह लिन सक्नेछनभने क्यामेरा नभएका तर फोटोग्राफी प्रति चाहना भएकाहरुलाइ पनि सेन्टरमा रहेको क्यामेराको माध्यामबाट फोटोग्राफी सिकाइने भएको छ । फोटोग्राफी बाहेक फाइन आर्ट र डकुमेन्ट्री निर्माण सम्बन्धी पनि विभिन्न किसिमको तालिमहरु प्रदान गरिने सञ्चालक फ्रस्टरले वताइन । १ महिने फोटो ग्राफीको लागी बेसीक कोर्ष तर्फ १ हजार शुल्क लाग्नेछभने फाइन आर्ट र डकुमेन्ट्री निर्माणमा भने ३ हजार लाग्नेछ ।

कमेन्टहरु
Loading...