राम मन्दिरमा जारी महायज्ञमा तेस्रो दिन सम्म १५ लाख बढी संकलन

पोखरा, ५ पौष /पोखराको बिरौटामा रहेको राम मन्दीरमा सोमबार देखि सुरु श्रीमद् भागवत् सप्ताह तथा धन धान्याचल विशिष्ट ज्ञान महायज्ञमा तेस्रो दिन बुधबार सम्म झण्डै १५ लाख भन्दा बढी दान रकम संकलन भएको छ। बुधबार मात्र ११ लाख ७७ हजार रकम संकलन भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ । समितिका अनुसार  मंगलबार झण्डै ४ लाख संकलन भएको थियो ।पौष नौ गते सम्म चल्ने श्रीमद्भागवत् सप्ताह तथा धनधान्याचल विशिष्ट महायज्ञ राष्ट्र कल्याण र विश्व शान्तिको कमना सहित आयोजना गरिएको महायज्ञमा बुधबार पोखरा ६ का लिलाभक्त आचार्य द्धारा ७ लाख ७७ हजार ७ सय ७७ , पोखरा १७ का दुर्गा बराल÷ मायाँ बराल द्धारा २ लाख २२ हजार १ सय ११,प्रेम बहादुर वानियाले ५ हजार १ सय ५, पोखरा ६का ई. बद्धिनाथ अधिकारी द्धारा १०हजार १ सय ५५,पोखरा १७ घारीकुलो टोल विकास संस्था द्धारा १५ हजार ७ सय ८, नारायण बराल÷गंगा बराल द्धारा ५ हजार ५ सय ५, पोखरा १७ शुभकामना आमा समुह द्धारा ५ हजार ५५, पोखरा १७ रामेश्वर मार्ग आमा समुह  द्धारा १० हजार १ सय ५१,पोखरा १७ सृजनसिल आमा समुह द्धारा ५ हजार ८ सय ४५, पोखरा १७ का श्याम प्रसाद श्रेष्ठ द्धारा २०हजार २ सय १५, पोखरा १७का कृष्णलाल राजभण्डारी द्धार  ५ हजार १ सय १५, पोखरा ६का विष्णु प्रसाद आचार्य द्धारा १० हजार १सय ५रुपैयाँ र अन्य श्रद्धालु भक्तजनहरुबाट दान प्राप्त भएको महायज्ञ मुल समारोह समितिका कोषाध्यक्ष माधव बरालले जानकारी दिएका छन् ।
श्रीमद्भागवत् सप्ताह तथा धनधान्याचल विशिष्ट महायज्ञमा यस अघि सोमबार मुक्तिनाथ विकास ट्रसका संरक्षक एवं स्वमी नारायण धर्मशालापोखराका मठाधिस श्रीजी प्रसाद स्वामीजी महाराजले राम मन्दिरको कलात्मक प्रवेश द्धार आफ्नै लागतमा निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
प्राप्त दानबाट राममन्दिरको पुन निर्माणकार्य  गर्ने , मन्दिरमा तामाको छानो राख्ने , हवनकुण्ड निर्माण गर्ने , प्रवेशद्धार निर्माण गर्ने , पर्खालमा जाली राख्ने, प्रवचन हलको निर्माण गर्ने , उद्यान निर्माण तथा विभिन्न गुरुयोजना अनुरुपका कार्यहरु गर्ने  प्रचार प्रशार उपसमितिका संयोजक महाप्रसाद सुेबेदीले जानकारी दिएका छन् । भागवत बाचन  युवा पण्डित दयानिधि गौतमले गरेका छन् ।

कमेन्टहरु
Loading...