टुकुचे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बराल

पोखरा, ३० मंसिर/टुकुचे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मी बरालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा असित बराल, सचिवमा धु्रवराज बराल, सहसचिवमा प्रमिला बराल, कोषाध्यक्षमा राजेन्द्र बराल, सदस्यहरुमा शोभाकान्त बराल, कल्पना घिमिरे, राधाकृष्णा आर्चाय, सीता गौतम बराल चयन चयन भएका छन् । २ सदस्य समितिले पछि मनोनित गर्नेछ । त्यस्तै समितिको लेखा समितिको संयोजकमा विश्वराज बराल चयन हुनुभएको छ । समितिको सदस्यहरुमा ठाकुरप्रसाद बराल र किशोर बराल चयन भएका छन् । त्यसै यस अघि भएको उद्घाटन सत्रमा कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्ला बचत तथा ऋण सहकारी सघंका अध्यक्ष भिम गुरुङ्गले सहकारीले सानो स्केलमा काम गरेको भएपनि व्यववस्थित रुपमा कार्य भएको बताए ।

त्यस्तै गुरुङ्गले सहकारी भनेको सहकार्य गर्ने काम भएको हुँदा सवै जनाको एकता हुन आवश्यक रहेको उनको भनाई थियो । सहकारी अभियानमा सवै किसिमका जातजाति वर्ग लिङ्गका मानिसहरु अटाउन सकिने बताउनुभयो । त्यस्तै स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण बाँस्तोलाले सहकारीले छोटो समयमा गरेको राम्रो कामको खुलेर प्रसंशा गरे ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि संस्थाका जेष्ठ सदस्य बासुदेव बराल, राष्टसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रवसिंह खड्का, लेखा समितिका संयोजक किशोर बराल लगायतले सहकारीको सफलताको कामना गरे । कार्यक्रममा कोषाध्यक्ष दुर्गा अधिकारी आर्थिक प्रतिवेदन सचिव दिपेशचन्द्रं बरालले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...