प्रकृति संरक्षण कोषका सदस्य सचिवको निलम्बन फुकुवा

३ साउन काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङ र प्रशासन निर्देशक दीपकुमार सिंहमने लिनम्बन फुकुवा भएको छ । वन मन्त्रालयले निलम्बन फुकवा गरेपछि गुरुङ र सिंह बिहीबारबाट नियमित काममा र्फकनु भएको छ ।

अख्तियारले निलम्बन फुकुवा गर्न भनेपछि मन्त्रालयले बुधबार पत्र लेखी निलम्बन फुकुवा गरेको थियो । ‘अख्तियारले सफाइ दिएपछि मन्त्रालयले निलम्बन फुकुवाको पत्र बधबार पठाएको थियो’ कोषका सूचना अधिकृत नूमराज खनालले अनलाइनखबरसँग भन्नुभयो-’उहाँहरु बिहीबारबाट नियमित काममा र्फकनु भएको छ ।’

आर्थिक अनियमितासम्वन्धी उजुरी परेपछि अख्तियारले सदस्य सचिव र प्रशासन निर्देशकलाई निलम्बन गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । प्रमाण लुकाउन सक्ने भन्दै अख्तियारले निलम्बन गर्न निर्देशन दिएको थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...