चलचित्र मनाङ्गे नानी शुक्रबार देखि प्रर्दशन हुने

पोखरा, २७ वैशाख /नेपाली कथानक चलचित्र मनाङ्गे नानी कोभोली (शुक्रबार) देखी देशका बिभिन्न ठाउँमा रहेका चलचित्र घरहरुमा एक साथ प्रर्दशन हुने भएको छ । शुभेच्छा फिल्म प्रोडक्शन प्रा.लिको ब्यानरमाबनेको चलचित्र मनाङ्गे नानीको तुल्सीपुर, नेपालगञ्ज, भैरहवा तथा पोखरा लगायत अन्य शहरहरुमा प्रर्दशन हुन लागेको पोखरामा बिहीबार आयोजीत पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

नायक भिम गुरुङ र नायिका शान्ति गुरुङको मुख्य अभिनय रहेको सो चलचित्र युवा पुस्तालाई लक्षित गरी माया प्रेमका बिषय बस्तु समाबेश गरी निर्माण गरिएको चलचित्रका निर्देशक खुस बहादुर गुरुङले बताए । उनले भने “यो चलचित्रले मनाङ जिल्लामा पर्यटकहरुलाई अधिक मात्रामा भित्राउन समेत टेवा पु¥याउनेछ ।”साथै त्यहा रहेका पर्यटकिय सम्भाव्य ठाउँहरुको प्रर्बद्धनमा सहयोग पुग्ने गरी चलचित्रनिर्माण गरिएको उनको बताए ।

“नेपालीतथा तमु समुदाय सँग सम्बन्धित संस्कारको बिषयकाई पनिचलचित्रमा प्रस्तुत गरेका छौ”उनले भने–अझ योचलचित्रसमसामहिक समेत रहेको छ। उनकाअनुसार उक्तचलचित्रमनाङ जिल्लाको ताँचे गाउँ, युङलुङ मैदान, बगरछाप, पिसाङ, गंगापूर्ण ताल, तिलिचो तालतथापोखरा, तनहुँलगायतका ठाउँहरुमा छायाँकन गरिएको छ ।

५० लाखभन्दा बढि लागतमाबनेको चलचित्रमागौतम गुरुङ, सोल बहादुर गुरुङ, भिमराज गुरुङ र टिका गुरुङले निर्माताको भुमिकानिर्बाह गरेका छन भने सो चलचित्रको कथा, संगिततथानिर्देशन खुस बहादुर गुरुङको रहेको छ । साथै कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ लगायतको बिशेष भुमिका रहेको चलचित्रको छायाँकन श्रीकृष्ण फुयालले गरेका छन ।

कमेन्टहरु
Loading...