एकैदिन थपिए ८३ संक्रमित थपिए, संक्रमितको सख्या २ सय १७ पुग्यो

पोखरा, ३१ वैशाख/ नेपालका विभिन क्षेत्रमा मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहान ५७ र बेलुका २६ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि गरेको हो । यससँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

बिहान पुष्टि भएका मध्ये दुई जना सञ्चारकर्मी, एक जना नर्स छन् । पछिल्लो संक्रमितमध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको स्वाब नमुना परीक्षण गरिएको थियो ।

पर्साका ५७, रूपन्देहीका ९, कपिलवस्तुका ८, महोत्तरी, धनुषा र भक्तपुरका २/२, बारा, काठमाडौं र सर्लाहीका १/१ जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...