भोजपुरमा एक जनामा कोरोना संक्रमण भेटिएपछि कोरोना संक्रमित ४८ पुग्यो

पोखरा, १२ वैशाख / भोजपुरमा थप एक जनामा कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिए पछि नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४८ पुगेको छ ।

हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्र्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएका थिए । ४८ जना मध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार एक सय ११ जना पीसीआर र ३४ हजार पाँच सय दुई जनाको ¥यापिड टेस्ट भएको छ ।

कमेन्टहरु
Loading...