काठमाडौं, ९ वैशाख / उदयपुरमा मंगलबार ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपालमा भेटिएका संक्रमित मध्ये ४ जना निको भएर घरफर्कि सकेका छन् भने ३८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।