लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, २४ चैत  / सरकारले लकडाउन थप गर्दै बैशाख ३ गते सम्म पु¥याउन निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड १९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते सम्म लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

कमेन्टहरु
Loading...