हवाइ उडान जेठ २ गते सम्म बन्द

काठमाडौं, १३ वैशाख /कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए ।

सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो । उक्त समय थप बढाएर जेठ २ सम्म पु¥याइएको हो । लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ ।

अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ ।

कमेन्टहरु
Loading...