रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रकितको संख्या ५९१ पुग्यो

बुटवल, १० जेठ / शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नम्बर ५ मा ७ जना संक्रमित थपिएका हुन् ।

रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन् । नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

शनिबार मात्रै ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म ७९ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...