नेपाल एकै दिन १५६ कोरोना संक्रमित, संक्रमितको सख्या १ हजार बढी

काठमाडौं, १५ जेठ / पछिल्लो २४ घण्टामा नेपालमा १५६ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

विहीबार मात्रै १ सय ५६ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएको उनले बताए ।

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...