नेपाल र भारतबीच ७ वटा सम्झौता

पोखरा, ८ फागुन /नेपाल र भारतबीच शनिबार भारतमा ७ वटा सम्झौता भएका छन्।

भारतको ६ दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटमा यी सम्झौतामा हस्ताक्षर भएको हो।

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतापत्र हस्तान्तरण गरिएको थियो।

आज भएका सम्झौतामा भूकम्पपछिको पुननिर्माण, नेपाल भारत र बंगलादेश जोड्ने रेल मार्ग बनाउने, नेपाल र बंगलादेशलाई सडकमार्गबाट जोड्न काँकडभिट करिडोर बनाउने, तराईका जिल्लामा सडक बनाउने, अन्तरदेशीय प्रसारण लाईन विस्तार र संगीत नाट्य एकेडेमी बनाउने रहेका छन्।

कमेन्टहरु
Loading...