सिन्डिकेटका कारण पर्यटक बस संञ्चालन गर्न नसकेको व्यवसायीको भनाई

सागर राज तिमिल्सिना
पोखरा, २४ माघ/पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न वहानामा ढिला भएको भन्दै पोखराका पर्यटन व्यवसायीले विमानस्थल निर्माणको कामलाई अगाडी बढाउन माग गरेका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आठौं अधिवेशन तथा १९ औं वार्षिक साधारण सभाका वक्ताले पोखरामा विमानस्थल बन्न नदिन विभिन्न खेलहरु भइरहेको बताएका थिए ।

सबै षडेन्त्रलाई चिदै अगाडी बढ्ने उनिहरुको भनाई छ । पर्यटन विकासका लागि व्यवसायीहरु एक भएर अगाडि बढ्न सके मात्रै पर्यटकीय स्थलहरुको संरक्षण हुनुका साथै धेरै पर्यटकहरुलाई नेपाल भित्राउन सकिने उनिहरुको भनाई छ । नाटाका केन्द्रिय अध्यक्ष डि.वि. लिम्वुले पर्यटक भित्राउन स्वदेशमा मात्र नभै विदेशमा पनि प्रचार–प्रचारको आवश्यक रहेको बताए ।

 नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आठौं अधिवेशन तथा १९ औं वार्षिक साधारण सभा
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आठौं अधिवेशन तथा १९ औं वार्षिक साधारण सभा

कार्यक्रममा सिन्डिकेटकै कारण पर्यटकीय स्थलहरुमा पर्यटक बसहरु सहज रुपमा चलाउन नपाएको नाटा पोखराका अध्यक्ष केदार शर्माले बताए । पोखरा–काठमाण्डौं, पोखरा–चितवन, सिदा पर्यटक बस संञ्चालन गरे पनि अन्य पर्यटक स्थलमा सिन्डिकेटका कारण पर्यटक बस चलाउन नपाएको उनको भनाई छ । त्यसै गरि नव निवाचीत अध्यक्ष पोम नारायण श्रेष्ठ पर्यटक सवारी साधनलाई ठाउँ ठाउँमा रोक्ने काम भएको भन्दै त्यसको समाधान छिटै सरकारले गनु पर्ने बताए ।

नेपाल आउने पर्यटकमध्ये करिब ६० प्रतिशत पर्यटकहरु पोखरा आउने गरे पनि पर्यटक बसको सुविधा नहुँदा भारतबाट आउने पर्यटकहरुलाई समस्या परेको उनको भनाई थियो । संघले पर्यटन उद्योगलाई प्रर्वद्धन गर्न छिमेकी मुलुकहरुमा समेत नाटा प्रमोशनल टुर गर्दै आएको छ । अधिवेशनले पोम नारायण श्रेष्ठको अध्यक्षतामा एघार सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

कमेन्टहरु
Loading...