स्थानीय निकायको संख्या थपिय निर्वाचन गर्नसकिन्न–आयुक्त

सागर राज तिमिल्सिना
पोखरा, २९ चैत/निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले स्थानीय निकायको संख्या थपिय तोकिएकै समयमा निर्वाचन गर्न नसकिने बताएका छन् । क्षेत्रिय निर्वाचन कार्यालय पोखराले मंगलबार पोखरामा आयोजनाक गरेको छलफल कार्यक्रममा समय निकै कम भएका कारण स्थानीय निकायको संख्या थपियमा निर्वाचन गर्न नसकिने बताए ।

सरकारले मधेषी मोर्चालाई सहमतीमा ल्याउन प्रदेश नम्बर २ र ५ स्थानीय निकायको संख्या थप गर्ने चर्चा चलिरहेको बेला उनले थपिएमा निर्वाचन गर्न नसकिने बताए । उनले दुई चरणमा पनि निर्वाचन हुन नसक्ने बताए । ‘सरकारले एकै चरणमा निर्वाचनको घोषणा गरिसेको छ ।’ उनले भने –‘सविधानमा नै एक चरणमा घोषणा गरे पछि दुई चरणमा लैजाने व्यवस्था छैन ।’

उनले तोकिए कै समयमा निर्वाचन हुने बताउदै लामो समयसम्म स्थानीय चुनाव नभएकाले बिलम्ब गर्न नहुने बताए । उनले आयोगले तिब्र तयारी गरिरहेकाले आयोगकै कारणले चुनाव नरोकिने स्पष्ट पारे । ‘निर्वाचन आयोग दिनरात खटिरहेको छ । हाम्रा कर्मचारी साथीहरुले पनि तोकिएको जिम्मेवारी अनुसार काम गरिरहेका छन्, उनले भने–अव चुनावको मिति सर्दैन । हामी पूर्ण तयारीमा छौं ।’

निर्वाचन आयोगका प्रबक्ता सूर्य प्रसाद शर्माले चुनावका लागि आवश्यक सामाग्रीहरु खरिदका काम सकिएको बताए । उनले निर्वाचनका लागि ६ आकारका ७५ प्रकारका मतपत्र छाप्ने काम समेत सकिएको बताए । उनले करिब २२ जिल्लाको मतदाता परिचयपत्र समेत छापि सकेको बताए । परिचयपत्र बैशाखको २८ देखि ३० गते सम्म मतदानस्थलबाट वितरण गर्ने बताए ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय केन्द्र रहने बताए । उनले कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...