प्रहरी विद्यालयकै शिक्षक नक्कली, ५० हजारमा नक्कली नियुक्ति

१३ असार, काठमाण्डौं । नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित नेपाल प्रहरी विद्यालय सामाखुसीमा अध्यापन गराउने अधिकांश शिक्षकहरुको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अभिभावकहरुले उजुरी दर्ता गराएका छन् । प्रहरी उच्च अधिकारीका श्रीमती र आफन्तलाई शिक्षकमा नियुक्त गरिएको भन्दै अभिभावकहरुले पटक पटक योग्यता नपुगेका शिक्षकलाई हटाउन माग गरे पनि व्यवस्थापन समितिले बेवास्था गरेको भन्दै अभिभावकहरुले अख्तियारमा उजुरी दिएका हुन् ।

प्रहरी अधिकारीको संरक्षणमा विद्यालय व्यवस्थापन समितिले चाहेर पनि कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको अभिभावकहरु बताउँछन् । विद्यालयमा प्रशासकीय र व्यवस्थापकीय कार्यका लागि ३८ जना कर्मचारीहरु कार्यरत छन् ।महानगरीय आयुक्त कार्यालय रानीपोखरी मातहत रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रयास नगरेको नेपाल समाचारपत्रमा खबर छ । अधिकांश तल्लो तहका प्रहरी कर्मचारीका छोराछोरी पठनपाठन गर्ने विद्यालयमा अभिभावकले गुणस्तरको कुरा उठाउँदा उल्टै धम्काउने गरेको एक अभिभावकले जानकारी दिए ।

५० हजारमा नक्कली नियुक्ति

एक पूर्व प्रहरीले प्रहरीकै लेटरप्याड प्रयोग गरेर पैसा उठाउँदै नक्कली भर्ना गर्ने भन्दै एक किशोरीलाई ठगेको खुलेको छ । प्रहरीमा जागिर खाएको भन्दै परिवार र आफन्तबाट बधाई र शुभकामना लिएर तालिम गर्न यशोधा श्रेष्ठ प्रधान कार्यालय आएपछि पूर्वप्रहरीले ठगी गरेको खुलेको हो ।

प्रहरी जवानमा नियुक्त भएको नियुक्तिपत्र पाएपछि यशोधा मख्ख हुँदै तालिमका लागि मंगलबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेकी थिइन । तालिमका लागि भरतपुर तालिम केन्द्र जाने भन्दै आवश्यक बन्दोबस्तीका सामानसहित उनी प्रधान कार्यालय पुगेको नयाँ पत्रिकामा खबर छ ।

प्रधान कार्यालयबाट प्रहरीकै गाडीले भरतपुर तालिम केन्द्र पुर्‍याउने भन्दै शिव गिरीले ५० हजार रुपैयाँ लिएका थिए । शिवले नै उनलाई प्रहरी प्रशासन शाखामा गएर भेट भन्दै गेटमा छोडेका थिए । उनले नियुत्ति पत्र देखाउँदै प्रशासन जाने भन्दा अन्य प्रहरीले सोधपुछ गरेर पछि उनको नियुक्ति पत्र नक्कली भएको भन्दै छानविन गर्दा नक्कली नै भएको पुष्टि भएको थियो ।

पूर्व प्रहरी रहेका उनले पहिला पनि त्यस्तै काम गर्दा जागिरबाट बखास्ति भएका थिए । पुरानो रकेड अनुसार फोटा झिकेर खोजीमा हिडेको प्रहरीले मंगलबार साँझ गिरीलाई स्वयम्भुमा पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ । cp.

कमेन्टहरु
Loading...