प्रकृतिको उपहारलाई संरक्षण गर्न उदासिन

सागर राज तिमिल्सिना
पोखरा, १२ काक्तिक/प्रकृतिले अनुपम उपहार मानवलाई दिएको छ । प्रकृतिलाई संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सकिने थुुपै सम्भावना हुदा हुदै कतिपय ओझेलमा परेका छन् । मानव निर्मित पुर्वाधारले मात्रै पर्यटन प्रवद्र्धन गर्ने प्रवृत्तिकै कारण प्रकृतिले दिएको अनुपम सौन्दर्य वर्षौदेखि ओझेलमा पर्दैआएको छ । पोखरामा ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको प्राकृतिक पुल संरक्षणको अभावमा ओझेलमा परेको हो ।

पोखरा– १७ को महतगौडा र १५ को टुटुङ्गालाई जोड्ने प्राकृतिक पुल स्थानीय र सरकारले खासै चासो नदेखाउदा ओझेलमा परेको छ । पुलमुनि सेती नदी बगेको छ । सानो खोंचबाट नदी बग्दा माथिभने चट्टान जोडिएर प्राकृतिक पुल बनेको छ । असाधारण देखिने प्राकृतिक पुल पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने भए पनि यसको संरक्षण हुन सकेको छैन । वर्षौअघि सेतीको पानीले कडा चट्टानलाई फोरेर बगेको छ ।

माथिको भाग भने पानीले नखोलिएपछि प्राकृतिक पुल बनेको स्थानीयहरुको भनाइ छ । प्राकृतिक पुल भएपनि सरकारले संरक्षणमा देखिएको उदासिनताका कारण संकटमा पर्दै गएको स्थानीय बयोबृद्ध कर्णसिहं भण्डारीले बताए । प्राकृतिक पुल केवल पाँच मिटरको छ । माथिबाट पुल बनेको देखिदैन् । केही तल गएर प्रष्टरुपमा देख्न सकिन्छ । फाटेको स्थानमा लामालामा ढुङ्गाका छपनी राखेर निर्माण गरिएको पुलको ढुङ्गेसांघु नामाकरण गरिनुका थियो ।

परापूर्वकालदेखि सोही स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा मेलासमेत लाग्दै आएको बुढापाकाहरु बताउँछन् । पोखरा उपत्यकाको उत्पत्तिसँगै निर्मित पुल करिब ३०० फिट उचाइ र ९० फिट चौडाइमा पिरामीड आकारमा बनेको छ । पुलको केही तल सेतीनदीको तटमा रहेको मनोरम वनभित्र शिवलिङ्ग सहितको मन्दिर रहेको छ । यस्तो सौन्दर्यदृष्य विश्वमा दुर्लभ भएका कारण यसको संरक्षण गर्नु पर्ने पण्डित कमलनयन गौतमले बताए ।

पुलमुनि शिव मन्दिर छ । मन्दिरमा वर्षेनी शिवरात्रीको अवसरमा पुजाआजा हुने स्थानीयले बताए । सेतीनदीको दायाँबायाँबाट छुट्टिएका ठुल्ठूला जमिनको भाग एकआपसमा जोडिएको र नदीको पानीले तल्लो भाग काटेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको भूगर्वविद्हरुको धारण रहेको छ ।

सेती नदीमाथि ढुङ्गा र माटोबाट निर्मित सयौँ वर्ष पुरानो प्राकृतिक सम्पदाको संरक्षणका आवश्यक छ । यस्तै प्राकृतिक पुल अमेरीकाको भर्जिनिया राज्यमा छ । त्यहाँ त्यही पुल हेर्न हजारै पर्यटकहरु जाने गर्दछन् तर नेपालमा भएको त्यस्तै पुलको भने विजोग छ । त्यसैले प्राकृतिक पुललाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाई पर्यटन प्रवद्र्धन खैत सरकार लागेको ।

कमेन्टहरु
Loading...