कास्कीमा फोटो सहितको मतदाता नामावाली संकलनमा अवरोध

पोखरा, १४ चैत्र/नेकपा माओवादीले कास्कीमा पनि फोटो सहितको मतदाता नामावली संकलनमा अवरोध गरेको छ । माओवादी कार्यकर्र्ताले कास्कीको ढिकुर पोखरी गाविस र लेखनाथ नगरपालिकाको वडा नम्बर ७ मा संकलनमा अवरोध गरेका हुन् । ढिकुर पोखरी गाविसमा संकलनका लागी टोलीले लगेका सबै कागजपत्र माओवादीका कार्यकर्ताले खोसेका छन् ।

फोटो सहितको मतदाता नामावली संकलनका लागी लगेको ल्याक्टप, जेनेटर र अन्य कागजपत्र माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । त्यसै गरि लेखनाथ नगर पालिकामा भएको लेखनाथ ७ को संकलनमा माओवादी कार्यकर्ताले अवरोध गरे पछि २ जना माओवादी कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ ।

प्रहरीले कास्की क्षेत्र नम्बर एकका कमान्ड नन्द तिवारी र गोकुल पराजुलीलाई नियन्त्रणमा लिएको हो । उनीहरुले नगर पालिकाको कार्यालयमा भएको संकलन कार्यक्रममा अवरोध गरे पछि प्रहरीले प्रक्राउ गरेको थियो । अवरोध पछि लेखनाथ नगरपालिकामा पनि मतदाता नामावली संकलन स्थगीत भएको छ । केन्द्रिय कार्यक्रम अनुसार नै माओवादीले मतदाता नामावली संकलनमा अवरोध गरेको कास्की जिल्ला सेक्रेटरी रुपेश वाग्लेले जानकारी दिए ।

कमेन्टहरु
Loading...