गायक नबीन के. भट्टराईको ११औँ एलबम संसारभर रिलीज

नबीन के. भट्टराईको ११औँ एकल एलबम “काठमान्डु” विश्वब्यापि रुपमा रिलीज भएको छ। ९ वटा गीतहरु रहेको यस एलबममा नबीन संगीतकार एवम् रचनाकारको भुमिकामा पनि छन्। यस एलबमको संगीत र गायनले श्रोताको मन छुने अपेक्षा गर्दै विश्वभरि सार्वजनिक गरेको ।

यस एलबममा संग्रहीत गीतहरु मध्य “काठमान्डु” नबीन र सुरज सिंहले, “यदि मैले गितार” दिपेस, पाल्देन र नबीनले रचेका छन् भनेँ “बितेका ती पल”मा गायक नबीनले नै शब्द दिएका हुन्। साथै अन्य गीतहरु, ‘तिमी मलाई’ विजय शिवाकोटी, ‘यो लामो रात’ जेमस, ‘डर नमान्नु’ राजन राज, ‘फिका फिका छ’ सुरेश कुमार, ‘मिलियन फेसेज’ जोत्सना भट्टराई र ‘प्रितका गीत’ सम्भीत भट्टराईले लेखेका हुन्।

यस साङ्गीतिक सैगात नेपालका लागि ‘एसियन म्युजिक’ मार्फत सबत्र बजारमा उपलब्ध छ भनेँ ‘एपल्ल आईटिउन्स’को सहज प्रयोगबाट अमेरिका, यृरोप, एसिया, मिडल इष्ट र अस्ट्रेलियामा पनि एकै साथ डिजिटल रिलीज भएको छ।

कमेन्टहरु
Loading...