पोखरामा नवदुर्गा महोत्सव शुरु

पोखरा, ३० असोज/ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु भएको छ । समितिले विजया दशमीको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषदमा नवदुर्गा महोत्सवको आयोजना गरेको हो । महोत्सवको पुर्व सन्ध्यामा विन्ध्यवासिनी मन्दिर देखि नवदुर्गा शोभायात्रा निकालेको छ ।

नवदुर्गा शोभायात्रामा नौ वटै देवि बनाइ रथारोहण गरीएको थियोे । शोभा यात्रा विन्ध्यवासिनीबाट विभिन्न समुदायका झाकी सहित विभिन्न भागको परिक्रमा गरेको थियो । शोभा यात्रा मोहरियाटोल, भैरवटोल, नालामुख, तेर्सापटि, महेन्द्रपुल चिप्लेढुङ्गा, सिद्धार्थ चोक हुदै विन्ध्यवासिनी मन्दिरमा पुगेको थियो । दशैको महत्व अझ बढाउन शोभा यात्रा र श्रीमद् देवि भागवत ज्ञान महायज्ञ सन्चालन गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।

शोभा यात्रामा कलस सहित विभिन्न आमा समुह र जात जातीका भेषभुषा सहित शोभा यात्रामा सहभागी भएका थिए । आजैबाट श्रीमद् देवी भागवत संगीतमय भागवत शुरु भएको छ । भागवतको युवा पण्डित दयानिधि गौतमले बाचन गर्ने छन् । समितिले विन्ध्वासीको धार्मिक तथा भौतीक विकासका लागि देवी भागवत गरेको अध्यक्ष श्रेष्ठले बताए ।

सोही अवसरमा स्वास्थ्य उपसमितिका संयोजक डाक्टर नारायण गौतमको नेत्तृवको टोलीले दैनिक एक सय भन्दा वढि व्यक्तीको रगत परिक्षण गर्ने छ । मन्दिर जानु अगाडी र मन्दिर गएर फर्कि पछि दुई पटक रगत लिई अनुसन्धान गरिने समितिले जनाएको छ । मन्दिरमा गए पछि मानिसमा कस्तो भावना आउछ भन्ने बारेमा रगत परिक्षणबाट अनुसन्धान गरिने छ ।

कमेन्टहरु
Loading...