म्याग्दीको तोराखेतमा ठुलो पहिरो, तीन घर बगायो

म्याग्दी, ६ साउन/म्याग्दीको भकिम्ली–९ तोराखेतमा पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर जोखिममा परेका छन्। गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ।

त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय जानकारी दिए। गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो। पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छै।

पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाबिहीन बनेका छन्। विगतका बर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन् ।

कमेन्टहरु
Loading...