पुर्व मुस्ताङी राजा बिष्ट सिकिस्त

उच्च रक्तचाप र युरिक एसिडका कारण मुस्ताङका २५ औ पुर्व राजा जिग्मे परवल विष्ट थलिएका छन् । लोमान्थाङ गाविस– ६ स्थित दरवारमा रहेका ८० बर्षिय पुर्व मुस्ताङी राजा विष्टको अवस्था गम्भीर रहेको लोमन्थाङका स्थानियबासीन्दा एवम दरबारका सहयोगी इन्द्रधारा विष्टले बताए ।
गत जेष्ठ महिनामा काठमाण्डौबाट उपचार गरी लोमान्थाङ फर्केका विष्टको अवस्था एक महिना यता गम्भीर रहेकोले दरबार बाहिर ननिस्केको विष्टले बताए । रक्तचाप र युरिक एसिडको औषधी नियमीत सेवन गरिरहेका छन् । नियमित उपचारमा लोमन्थाङ स्थित आम्ची विद्यालयका चिकित्सक, स्वास्थ्यकर्मी संलग्न भएपनि एकहप्ता यता सुधार नभएको दरबार स्रोतले बतायो ।
प्रत्येक विहान माटोले बनेको लोमन्थाङ क्षेत्रमा हिड्डुल गरि स्थानियसँग भलाकुसारी गर्ने पुर्व मुस्ताङी राजा बिष्ट घरबाट ननिस्कीएको १ महिना भएको छ । उपल्लो मुस्ताङको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक, स्थानियबासीलाई विष्ट विरामी भएपछि दर्शनमा समेत रोक लगाइएको छ । उनी निकट र उपचारमा संलग्न आम्ची बाहेक अरु कसैले पनि १ महिनादेखि भेटघाट गर्न पाएका छैनन ।
पुर्व राजाको अवस्था गम्भिर बन्दै गएपछि उपल्लो मुस्ताङका बासिन्दा दरबार बाहिरबाट जानकारी लिइरहेका छन । दरबारको मुलगेटमा ‘दरबार भित्र दर्शन गर्न मनाई छ’ भन्ने सुचना नै टासिएको स्थानीय बासीन्दा छ । परापुर्वकाल देखि सास्कृतिक राजाका रुपमा रहेका पुर्व राजा बिष्टलाई लोमन्थाङ आईपुग्ने जोकसैले पनि भेट्ने चाहना राख्ने गर्दछन् ।
पारिवारिक अंशबण्डाका कारण चपेटामा परेकोे दरवारलाई युनेस्कोले विश्वको उत्कृष्ट सम्पदाको सुचिमा राख्ने घोषणा गरेको थियो । करिव सात सय बर्ष अघि सत्रुबाट बच्न एउटै पर्खालले घेरीएको सबैघर एकआपसमा जोडीएको काँचो माटोबाट लोमन्थाङ गाउ र दरवार तत्कालिन राजा अमीपालले स्थानियबासीन्दाको सहयोगमा बनाएका थिए । नेपालमा गणतन्त्रसँगै नेपाल सरकारले राजा रजौटा प्रथा उन्मुलन गरिसकेको छ ।

चन्द्रश्वर बस्ताकोटी

कमेन्टहरु
Loading...