हाइ लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

पोखरा, १३ साउन /मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाँउपालिका १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर भएका वर्ष ६३ को प्रशन्न कुमार मन्दिर दर्शन गरी फकिदै गर्दा मृत्यु भएको हो ।

जोमसोममा आई पुग्दा मुटु सम्बन्धी समस्या भई जिल्ला अस्पताल जोमसोममा उपचार पश्चात फर्कने क्रममा अस्पतालमा अचानक ढलि बेहोस भएका थिए ।

बेहोस भएका उनलाई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको गण्डकी प्रदेश कार्यालय पोखराका प्रहरी नायव निरिक्षक सुनिल मल्लले जानकारी दिए ।

कमेन्टहरु
Loading...