बाबुरामलाई हटाउनुको विकल्प छैन : बैद्य

२८ माघ, रुपन्देही । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार बर्हिगमनको अर्को विकल्प नरहेको वताउनु भएको छ । वैद्यले प्रधानमन्त्री भट्टराईकै कारण मुलुक संकटमा फसेकाले मुलुकलाई संकटवाट जोगाउन भएपनि सरकारवाट हटाउनु पर्ने वताउनुभयो ।

क्रान्तिकारी पत्रकार महासंघ अवध राज्य समिति आइतवार रुपन्देहीको बुटवलमा आयोजना पत्रकार भेटघाट कार्यक्रममा वैद्यले जनताका अधिकार स्थापित गर्न भएपनि आफ्नो पार्टीले सडक आन्दोलन चर्काउने चेतावनी दिनुभयो । वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार गठनका लागि गोलमेच सम्मेलनमा जानु पर्ने वैद्यको भनाई छ ।

वैद्यले काँग्रेस-एमाले लगायतका विपक्षी दलहरु मुलुकलाई निकास दिन नभई सत्ता प्राप्तिका लागि एक सुत्रियरुपमा आन्दोलनमा उत्रिएको आरोप लगाउनुभयो । उहाँले एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश खीलराज रेग्मीको नेतृत्वमा सरकार गठन गरी नयाँ निर्वाचानमा जान गरेको प्रस्ताव औचित्यहीन भएको वताउनुभयो । वैद्यले बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर चुनावमा जान नसकिने  स्पष्ट पार्नु भयो ।

कमेन्टहरु
Loading...