उदयपुरका अमर मृत फेला

पोखरा, १३ फागुन/उदयपुर जिल्लाको साउने गाविस घर भै पोखरा १२ बस्ने २६ वर्षिय अमर राना मगर मृत फेला परेका छन् । उनले शव पोखरा १ पृथ्वी नारायण क्याम्पस देखि तल चौरमा भेटिएको हो । उनको हिजो साझँ हत्या भएको प्रहरी अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ ।

मगरको घाटी रेटिएको अवस्थामा शव फेला पारेको प्रहरीले जानकारी दिएको छ । मगरको शव पोष्टमाटको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । घटनामा संलग्न रहेको अभियोगमा कास्की जिल्लाको पोखरा उपमहानगर पालिका ११ रानीपौवा बस्ने वर्ष ३५ वर्षिय कल्पना नकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्र पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...