भदौ ५ गते ‘मिस्टर पोखरा पर्फेक्ट’ हुने

पोखरा, २९ भदौ/पोखरा स्पोर्ट्स एण्ड टोटल फिटनेसले यही भदौको पाँच गते पहिलो पटक कास्की जिल्लास्तरिय खुल्ला शारीरिक सुगठनमा आधारित प्रतियोगिता ‘मिस्टर पर्फेक्ट–२०७०’ को आयोजना गर्ने भएको छ । पोखरा १०, रामबजारस्थित भ्रमरकमोट पार्टी प्यालेसमा आयोजना गर्न लागिएको उक्त ‘मिस्टर पर्फेक्ट–२०७०’ मा कास्की जिल्लाबाट करीब सय भन्दा बढी शारीरिक सुगठनका खेलाडीहरुले भाग लिने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक पोखरा स्पोर्ट्स एण्ड टोटल फिटनेसले बताएको छ ।

बेरोजगार तथा कुलतमा फसेका युवाहरुलाई बडी बिल्डिङ खेलकुद मार्फत सामाजिक उत्तरदायी तथा राष्ट्रप्रति जिम्मेवार बनाउन पहिलोपटक निजी जिम क्लब पोखरा स्पोर्ट्स एण्ड टोटल फिट्नेस अमरसिंह पोखराले यस्तो प्रतियोगिताको आयोजना गर्न लागिएको संयोजक देउबहादुर नेपालीले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा पहिलो चरण अन्तरगत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी भन्दा माथिको गरी पाँच ईभेन्टमा प्रतिस्पर्धा गराइने प्रतियोगिताका संयोजक तथा पोखरा स्पोर्ट्स एण्ड टोटल फिट्ेनेस अमरसिंह पोखराका सञ्चालक देउबहादुर नेपालीले बताए ।

उल्लेख गरिएको पाँच ईभेन्टमा फरक फरक प्रतिस्पर्धाका आधारमा समान रुमा प्रथमलाई रु पाँच हजार, द्वितियलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ पुरस्कारको पनि व्यबस्था गरिएको संयोजक नेपालीले बताए । फरक केजी समूहमा प्रथम स्थानमा आउन सफल शारीरिक सुगठनका खेलाडीलाई फाइनल चरणमा प्रतिस्पर्धा गराई एक जनालाई उत्कृष्ठ शारीरिक सुगठक खेलाडीका रुपमा चयन गदै ‘मिस्टर पर्फेक्ट’ घोषणा गरिने संयोजक नेपालीले पत्रकार सम्मेलनमा बताए । ‘मिस्टर पर्फेकट’ हुने सफल खेलाडीलाई रु २५ हजार नगदका साथमा आकर्षक पुरस्कारको व्यबस्था गरिएको प्रतियोगिताका संयोजक नेपालीले बताए ।

पत्रकाहरुको एक जिज्ञासामा प्रतियोगिता संयोजक नेपालीले बताए–‘हालसम्म पोखरामा शारीरिक सुगठनका क्लब १३ वटा रहेका र ती जीम क्लबहरुले अहिलेसम्म कास्की जिल्लाभित्र मात्र करीव पाँच सय भन्दा बढी खेलाडीहरु उत्पादन गरिसकेको छ ।’ खेलकुदको क्षेत्रमा शारीरिक सुगठनका खेलकुद प्रतियोगिताहरु कमैमात्रा हुने गरेकाले यो खेलको चर्चा कम हुने गरेको पत्रकारहरुलाई संयोजक नेपालीले बताए । यसभन्दा अघि पोखरामा कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले ‘मिस्टर माछापुच्छ«े’ टाइटलको पश्चिमाञ्चल क्षेत्रीयस्तरको दुई प्रतियोगिता, पोखरा बडी बिल्डिङ संघको आयोजनामा ‘मिस्टर पोखरा’ टाइटलको पश्चिमाञ्चल क्षेत्रमा क्षेत्रीयस्तरको प्रतियोगिता चारपटक र नेपाल राष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस संघले ‘ मिस्टर हिमालय’ टाइटलको प्रतियोगिता तीन पटक आयोजना गरेको संयोजक नेपालीले बताए ।

पत्रकार सम्मेलनमा कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघकाम सचिव उमेश सिकेले बडी बिल्डिङसंग सम्बन्धित खेलकुदको बिकास र बिस्तार गर्न प्रत्येक गाँउगाँउ र टोलटोलमा जिम क्लबहरुको स्थापना र बडी बिल्डिङका खेलकुद प्रतियोगिताहरु हुन आबश्यक रहेको बताए । बडी बिल्डिङका खेललाई संरक्षण र सम्बद्र्वन गर्न राज्य तथा निजी निकायका जिम क्लबहरुको सहकार्यको आबश्यक रहेको कास्की जिल्ला फिट्नेसका सचिव सिकेले बताए ।

कमेन्टहरु
Loading...