मैनाको पक्षमा आवाज उठाउने २३ अधिकारकर्मी पक्राऊ

५ फागुन, काठमाडौं । द्वन्द्वकालमा नेपाली सेनाको ब्यारेकमा हत्या गरिएकी काभ्रेपलाञ्चौककी मैना सुनुवारको हत्यामा संलग्न सिपाहीमाथि कारवाहीको माग गर्दै प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका २० जना अधिकारकर्मीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।एड्भोकेसी फोरद्वारारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्नामा बसेका अधिकारकर्मी तथा सर्वसाधारणमाथि प्रहरीले हस्तक्षेप गर्दा अधिवक्ता बद्री भुसाल घाइते भएका हुन् । प्रहरीको मुक्का प्रहारबाट उनको मुखमा चोट लागेको छ । प्रहरीले एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्मा तथा अधिकारकर्मीहरु चरण प्रसाईं, कोपिला अधिकारी, बालकृष्ण घिमिरे, देव महर्जनसहित २३ जना पक्राउ गरेको छ । 
‘अकुपाई बालुवाटार’ अभियानअन्तरगत प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिँदै आएका महिला अधिकारकर्मीले निषेधित क्षेत्र मिचेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले आफ्नो नियमित प्रदर्शनका क्रममा शनिबार मैना सुनुवारका पक्षमा आवाज उठाएका थिए ।

कमेन्टहरु
Loading...