मन्त्रालयले नयाँ अभियान सुरु गर्दै

काठमाडौं,  ३१चैत/स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान सुरु गर्दैछ । अभियानको शुक्रबार​बिहान काठमाडौंको दशरथ रंगशालामा प्रधानन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् । नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउन, देशको समग्र विकासमा नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको विषयमा जागरुक गराउन, नियमित स्वास्थ्य जाँचका लागि प्रेरित गराउन अभियान सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक वर्षे अभियानमा स्वास्थ्य मन्त्रालय अन्तर्गतकै विभिन्न विभागसँगको समन्वयनमा कार्यक्रम गरिने स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । अभियान अन्तर्गत उच्च प्राथमिकतामा रहेका रोगको पहिचान र रोकथामका लागि पहल गर्ने, मानव स्वास्थ्यमा महत्वपूर्ण भूमिका भएका कृषि, शिक्षा, वातावरण, खानेपानी लगायतसँग सहकार्य र समन्वयन गरी कार्यक्रम गर्ने लक्ष्य राखिएको छ ।

कमेन्टहरु
Loading...