अखिल नेपाल प्रगतिशिल बैदेशिक मजदुर संघ तदर्थ समिति गठन

पोखरा, २७ असोज /अखिल नेपाल प्रगतिशिल बैदेशिक मजदुर संघ तमुवान राज्य समितिको शनिबार तदर्थ समिति गठन भएको छ । भेलाले हेमबहादुर थापाको संयोजकत्वमा पछि ५ सदस्य थप्ने गरी १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कास्की जिल्लाबाट शुसिल पौडेल, स्याङ्जाबाट भानु अधिकारी, तनहुँबाट मीनबहादुर श्रेष्ठ, विष्णु ज्ञवाली, मोहनबहादुर थापा, पहलसिं पुन मगर, हरिलाल चालिसे रहेका छन् ।

बाँकी ५ सदस्य तमुवानको अन्य जिल्लाहरुबाट मनोनित गरिने संयोजक हेमबहादुर थापाले जानकारी दिए । शनिबारको भेलालाई सम्बोधन गर्दै अखिल नेपाल प्रगतीशिल बैदेशिक मजदुर संघका केन्द्रीय सदस्य भिम चापागाईले संगठनको भूमिका र महत्वको बारेमा प्रकाश पार्नुहुँदै शंक्रमणकालिन अवस्थामा संगठित हुँदै मजदुरहरुको हकहितमा काम गर्न आग्रह गरे ।

त्यस्तै नेकपा–माओवादी तमुवान राज्य समितिका सह–सेक्रेटरी अजित, ट्रेड यूनियन महासंघ तमुवान राज्यसमिति संयोजक अर्जुन छन्त्याल, नेकपा–माओवादी स्याङजा जिल्ला सदस्य सोभित लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...