पार्टी विभाजनपछि माओवादीका वरिष्ठ नेता पोखरा आउने

पार्टी विभाजन पछि एकीकृत नेकपा माओवादीका शीर्षनेताहरु पहिलोपटक पोखरा आउने भएका छन् । तमुवान क्षेत्रका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन पोखरा आउन लागेका हुन् । पोखरा सभागृहमा हुने प्रशिक्षणमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पश्चिमाञ्चल इञ्चार्ज लीलामणि पोखरेल लगायतले प्रशिक्षण दिने छन् ।

आज अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री श्रेष्ठ सहित केन्द्रीय नेताहरु पोखरामै बस्नेछन् । प्रशिक्षणको २९ र ३० गते माओवादी तमुवान राज्य समितिको बैठक बस्ने छ । राज्य समितिको बैठकले तमुवान क्षेत्रमा पार्टीका नेताहरुको समेत हेरफेर गर्न सक्ने बताइएको छ ।

कमेन्टहरु
Loading...