बिमानस्थल निर्माणको सुरुवात मै माओबादीले रकम असुलेको खुलासा, पाटीले संस्थागत रुपमा लिएको स्विकार

पोखरा भदौ ११ । एकिकृत नेकपा माओबादीले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको प्रारम्भिक चरणमै रकम असुलेको खुलासा भएको छ । बिमानस्थल निर्माणको लागि अधिग्रहरण गरिएको जग्गा सम्याउने र तारबार लगाउने कामको लागि जिम्मेवारी पाएको ठेकेदार कम्पनी संग ठुलो मात्रामा रकम असुलेको खबर स्थानिय संचार माध्यममा सार्बजनिक भएपछि एमाओबादी कास्कीले पत्रकार सम्मेलन गरी रकम लिएको स्विकारेको हो ।
बिमानस्थल निर्माणको लागि तारबार लगाउने र जग्गा सम्याउने कार्यको लागि
छुट्याईएको ११ करोड रुपैया मध्ये करिब ५० लाख एकिकृत माओबादीका कास्कीले लिएको समाचार आएको थियो । सो रकम कास्कीको निर्बाचन क्षेत्र नम्बर २ बाट संबिधानसभा सदस्यरहेका राजकाजि गुरुङ करणले लगेको चर्चा थियो ।
तर पुर्ब सभासद् राजकाजि गुरुङ करणले भने पार्टी संचालनको लागि लिएको र ब्यक्तिगत प्रयोजनको लागि नलिएको दाबि गरेका छन् । त्यस्तै एमाओबादी जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणी तिवारीले बिमानस्थल निर्माण कम्पनीबाट रकम लिएको स्विकार्दै सञ्चार माध्यममा आएजति रकम नलिएको जिकिर गरेका छन् । उनले पार्टी संचालनको लागि दई तीन लाख मात्र लिएको बताए ।
पार्टी संचालनको लागि अन्य क्षेत्रबाट समेत रकम लिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । निर्माण कम्पनीसंग लिएको रकम पार्टीको केन्द्रिय समितिमा रेकर्ड राखेको उल्लेख गर्दै उनले जिल्लाको खर्च बिबरण सार्बजनिक गर्दा आगामी दिनमा पार्टीले अलिेसम्म असुलेको रकम खुलाउने उनले बताए ।
प्रारम्भिक चरणमा थालिएको कामको लागि तीन ओटा कम्पनीलाई संयुक्त रुपमा ११ करोडको टेण्डर परेपनि निर्माण कार्य निकै ढिलोगरी सुरु भएको थियो ।
गत फागुन १४ गते सुरु भएको कार्यको लागि कञ्चनजंगा निर्माण सेवा, शंकरमाली निर्माण सेवा र पी एस निर्माण सेवाले संयुक्त रुपमा कामको जिम्मेवारी लिएका थिए । बिमानस्थल निर्माणको प्रारम्भिक काम भने २०७० साल जेठ १३ गते सम्पन्न भईसक्नुपर्नेछ । सुरुमा एमाओबादीले काम गर्न अबरोध गरेपनि रकम लिएपछि भने कुनै समस्या नभएको निर्माण कम्पनीहरुले जनाएका छन् यता माओवादीलाई पैसा दिएको कुराभन्ने भन्न चाहेन ।

कमेन्टहरु
Loading...