माओवादीलाई घेरा बन्दीमा पारे सम्झौताका कागज च्यातीन्छ – अध्यक्ष दाहाल

पोखरा, ६ माघ/एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई सिध्याउन खोजीय सबै सम्झौताका कागजहरु च्यातीने बताएका छन् । एकिकृत नेकपा माओवादी कास्कीको ५ औ अधिबेशनको  आज पोखरामा शुरु उद्घाटन गदै अध्यक्ष दाहालले नेकपा माओवादीलाई घेरा बन्दी माओवादीलाई सिध्याउने खेलमा लागेमा माओवादी सगँ भएको सबै सम्झौताहरु च्यात्ने बताए ।

उनले विपक्षहरु सगँ बैशाख वा जेठको पहिलो साता सम्ममा निवार्चनमा जानका लागि सहमतिमा आउन आग्रह गर्र्दै नआएका माओवादी सम्भौताका कागजहरु च्यातेर अगाडी बढ्ने बताए । उनले विपक्षले माओवादीलाई हेपेर अपमानीत गरेर अगाडी बढ्को बताए ।

त्यसै गरि प्रधानमन्त्री बाबुराम भट्टराईले द्धन्दकालका घटनालाई एक एक गरेर नकुट्याउन काग्रेस एमालेलाई आग्रह गरे । प्रधानमन्त्री भट्टराईले द्धन्दका बेला भएका घटनामा माओवादी भन्दा काग्रेस एमाले नै बढि दोष रहेको बताउदै द्धन्दको बेलामा भएका घटनालाई नकोट्याउन आग्रह गरे ।

एकिकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका उनले द्धन्दका घटनालाई सत्यनिरुपण आयोगबाट समाधान गर्नु पर्ने बताए । उनले प्रतिपक्षलाई घाउ कोट्यानु भन्दा सत्यनिरुपण आयोग गठन गर्न सहयोग गर्न आग्रह गरे । त्यसै गरि एकिकृत नेकपा माओवादीका अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठले आफुहरु परिर्वनको दिशामा गैरहेको बेला प्रतिपक्षहरु दैलखमा चिहान खन्न गएको बताए ।

उनले यसले द्धन्द समापन नभै अझ चकिर्ने बताए । सम्मेलनको अध्यक्ष पुष्पकोमल दाहालले उद्घाटन गरे । सम्मेलनको पहिलो दिन जनप्रर्दशन र उद्घाटन सत्र भएको छ । सम्मेलनले कास्कीबाट २७ जना प्रतिनिधि चयन, जिल्ला नेतृत्व चयन र राजनीतिक प्रतिवेदन चयन गर्ने एकिकृत नेकपा माओवादी कास्कीका संयोजक झलकपाणी तिवारीले बताए । उद्घाटन कार्यक्रममा सहिद, वेपत्ता, घाइतेका परिवारहरुलाई सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...