अनुहारको सुन्दरता बढाउन मेवाको प्रयोग

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन् । मेवाबाट विभिन्न प्रकारका सामाग्री तयार गर्न सकिन्छ जो सुन्दरता बढाउनका लागि सहायक सिद्ध हुन्छन् । ती हुन्:

१. पपया मिल्कः अनुहारको दाग तथा धब्बा हटाउन तथा गोरोपन बढाउन पपया मिल्कको प्रयोग गर्न सकिन्छ । काँचो मेवालाई पिसेर लेदो बनाउनुहोस् र त्यसमा दूध मिलाएर घोल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि पानीले धुनुहोस् । दिनहुँ यसो गर्नाले अनुहारको कालो दाग र धब्बा हट्नुका साथै छालामा चमक तथा गोरोपनामा वृद्धि हुन्छ ।

२. पपया पल्प प्याकः अनुहारमा चमक बढाउन यो निकै उपयोगी पदार्थ बन्नेछ । मेवाका गेडा निकालेर पिँधेर लेदो बनाउनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । यो मिश्रणलाई अनुहारमा लगाएर १५ मिनेटपछि धुनुहोस् । दिनहुँ यसो गर्दा अनुहारमा चमक बढ्छ ।

३. पपया हनी प्याकः जाडोमा अनुहारको छालाको हेरचाहका लागि यो सामाग्री निकै उपयोगी हुन्छ । मेवालाई पिँधेर लेदो बनाउने, त्यसमा एक चम्चा मह र एउटा अण्डाको सेतो भाग मिलाएर लेदो बनाउने । त्यो मिश्रण अनुहारमा लगाएर १५ मिनेटसम्म राख्ने अनि सफा पानीले पखाल्ने । यसो गर्दा जाडोमा अनुहारको छालाको सुन्दरता बिगि्रन पाउँदैन ।

मेवाबाट बनाइने यस्ता प्रकारका घरेलु सौन्दर्यका साधनको महत्व आफ्नै ठाउँमा छ । मेवाको नियमित सेवन समेत स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । मेवामा भिटामिन ए लगायतका विभिन्न पौष्टिक पदार्थ प्रचूर मात्रामा पाइन्छ । मेवामा पानीको मात्रा पनि उच्च हुन्छ जुन छालाको सौन्दर्यका लागि समेत निकै महत्वपूर्ण हुन्छ । तसर्थ मेवाका सौन्दर्य सामाग्रीका साथै नियमित सेवन समेत सुन्दरता बढाउन उपयोगी हुन्छ । cp. onlinekhabr.com

कमेन्टहरु
Loading...