गत बर्ष भन्दा यो वर्ष १० दिन ढिलो मनसुन सुरु ,गण्डकी प्रदेशमा औसत वर्षा हुने

काठमाडौं, ५ असार /गत बर्ष भन्दा यो वर्षको मनसुनी वर्षा १० दिन ढिलो शुरु भएको छ । बिहीबारदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले औपचारिक जानकारी दिएको छ । गत वर्ष भने ८ जुनमै मनसुन शुरु भएको थियो ।जल तथा मौसम विज्ञान विभागकी मौसमविद मन्जु बासीका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ ।

विभागका अनुसार सन १९७९ मा मनसुन जम्मा ७३ दिनको थियो । विभागले त्यसलाई अहिलेसम्मको सबैभन्दा छोटो मनसुनको रुपमा लिएको छ । २००८ मा सबैभन्दा लामो अर्थात १ सय ३० दिनको मनसुन थियो ।सबै भन्दा छिटो मनसुन १९९६ मे ३१ मा शुरु भएको थियो । १९८२ जुन २७ मा शुरु भएको मनसुनलाई अहिले सम्मकै ढिलो मनसुन मानिएको छ ।

जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधीलाई दक्षिण एसियाली मनसुनको अवधी भनिन्छ । साधारणतया नेपालमा ८ जुनमा शुरु भएको मौसम २३ सेम्टेम्बरसम्म मनसुन रहन्छ । यो अवधीमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ ।महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने उसको अनुमान छ ।मौसमविद बासीका अनुसार स्थान विशेषको ३० वर्षको औसत वर्षा हो । त्यो औसत वर्षाको ९० देखि १ सय १० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा भनिन्छ ।

कमेन्टहरु
Loading...