मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानद्धारा विज्ञान समाग्री एवम् पुस्तकहरु हस्तान्तरण

पोखरा, २१ बैशाख/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले शुक्रबार पृथ्वीनारयण मावि धम्पुसमा एक कार्यक्रमको आयोजना गरि विज्ञान समाग्री एवम् पुस्तकहरु हस्तान्तरण गरेको छ । प्रतिष्ठानले आठ वटा विद्यालयमा थप पुस्तक एक विद्यालयमा नया पुस्तकालय र दुई वटा विद्यालयमा विज्ञान सामाग्री हस्तान्तरण गरेको हो ।

थप पुस्तक पाउने विद्यालयहरुमा पृथ्वीनारयण मावि धम्पुस, माछापुच्छ«े उच्च मावि नागडाडा, सिर्जना मावि सिमपाली, वराह उच्च मावि भिडावारी, निश्पक्ष मावि रिभान, महेन्द्र उच्च मावि लाहाचोक, शुक्ला गण्डकी उच्च मावि घाचोक र माछापुच्छ«े उच्च मावि सार्दीखोला रहेका छन् । ति विद्यालयले दश÷दश हजार वरावरको पुस्तकहरु हस्तान्तरण गरिएको थियो ।

त्यसैगरि जनजागृती उच्च मावि सराड्डकोटले ६० हजार वरावरको नया पुस्तकालय र पृथ्वीनारयण मावि धम्पुस र संगम मावि लुम्लेले २५÷२५ हजार वरावरको विज्ञान साम्रगिहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठान जापानका संस्थापक सचिव डा.राम गिरिले अग्रेजी माध्येमा पढाउने विद्यालयहरुलाई अव प्रतिष्ठानले वढि महत्वका साथ सहयोग गर्ने वताए ।
मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानकी अध्यक्ष सिता गिरीले दुई खाले शिक्षाको अत्य गर्न सकेमा मात्र शिक्षमा हुने विभेदको अत्य हुने वताईन् ।

जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव दयाराम गौतमले सरकारी विद्यालयको शैक्षिक स्तर वृद्धि गर्नका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको वताए। कार्यक्रममा मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानका सदस्य तथा माछापुच्छ«े शिक्षा क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र सुवेदी, सिर्जना उच्च माविका प्रध्यानाध्यापक टिकाराम अधिकारी, पृथ्वीनारयण मावि धम्पुसका शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बोलेका थिए ।

पृथ्वीनारयण मावि व्यवस्थापन समितिका अध्यक्ष देउकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक सम गुरुङले स्वागत र प्रध्यानाध्यापक प्रेमराज सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतिष्ठानले विगत १५ वर्ष देखि कास्की क्षेत्र नं.४ को उत्तर पश्चिम भेगका १५ वटा मावि तथा उच्च माविमा पुस्तक, विज्ञान सामाग्री, कम्प्युटर र छात्रवृत्ति वितरण गर्दै आएको प्रतिष्ठानका सचिव गोपाल गिरिले जानकारी दिए ।

कमेन्टहरु
Loading...