मेलामा ५२ हजार दर्शक, १ करोड ६५ लाखको कारोबार

पोखरा,२३ मंसिर/पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दर्शकहरुको चाप बढ्दै गएको छ । मेलाको तेस्रो दिनसम्म झण्डै ५२ हजार जनाले मेलाको अवलोकन गरेको र २ करोड ६५ लाख भन्दा बढीको कारोवार भएको मेलाका प्रचारप्रसार समिति संयोजक तथा आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले जनाए ।

तेस्रो दिन मात्रै ३८ हजार दर्शकले अवलोकन गरेका छन् भने १ करोड ५६ लाखको कारोबार भएको छ । मेला अगाडि बढ्दै गर्दा किनमेल र मनोरञ्जनको लागि मेलामा सहभागिता बदै जाने क्रम पनि बढेको छ । मेलामा अटो, दैनिक उपभोग्यवस्तु, सूचना प्रविधी तथा सेवा, रेष्टुरेण्ट हस्तकला, पुष्प लगायतका २ सय ६७ वटा स्टल रहेका छन् ।

मेलामा मित्रराष्ट्र चीनमा उत्पादित सामाग्रीहरु प्रदर्शनको लागि चाइनिज पेभेलियनको ब्यवस्था गरिएको छ भने पाकिस्तानमा उत्पादित छाला तथा अन्य सामाग्रीहरु पनि मेलाको आकर्षण बनेका छन् । मनोरञ्जनतर्फ मेलाको दोस्रो दिन लोकगायकहरु तथा पप तथा आधुनिक गायकहरुले भरपुर मनोरञ्जन दिलाएका थिए ।

आज प्रख्यात पप गायक धिरज राइसहित विग आइकन सुमन गौतम, गगन पुन, नविन काफ्ले, सविन ताम्राकार, आशिषदाश दियाली लगायतले दर्शकलाई मनोरञ्जन दिइ रहेका छन् । यसैगरी लोकगायकहरु पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कुलेन्द्र विक, चोलेन्द्र पौडेल, कृष्ण देवकोटा,जीवन दाहाल लगायतले गीत प्रस्तुती गरेका थिए ।

कमेन्टहरु
Loading...