ग्रामिण बिकासमा प्रबिधि बिषयक छलफल

पोखरा ५ पौष/ईन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरमा टकिङ माईन्ड को आयोजनामा ग्रामिण बिकासमा प्रबिधि बिषयक कार्यशाला सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि म्यगासेसे पुरस्कार बिजेता माहाबिर पुनले सहजीकरणगर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पुन ले व्यक्ति भन्दा पहिले समाज को बारेमा सोचे मात्र समाज परिर्बतन गर्न सकिने बताउनु भयो ।बिद्यार्थी लाई प्रेरणा दिदै प्रबिधिक क्षेत्रमा काम गर्ने मान्छेले कुनैपनि पदया पुरस्कार को लोभ नगरी लागे पुरस्कार आफ्नो पछि लाग्ने बताउनुभयो ।

सो क्रममा आफुले अमेरिका बाट फर्किए पछि आफ्नो दुर्गम गाउं नागिमा गरेको संर्घष ,स्थानीयलाई आत्मनिर्भर बनाउन गरेको पहल , कृषि पर्यटनमा पुर्याएको सहयोग र सन् २००७ मा म्यगासेसे पुरस्कार बाट सम्मानीत भएको ध्ष्चभभिकक ईन्टरनेट प्रबिधिका लागी गरेको कामको जानकारी गराउनुभएको
थियो ।

आफुले ग्रामीण बिकासमा धेरै काम गरेतापनि संचारमाध्यमले म्यगासेसे पुरस्कार बिजेताको रुपमा मात्र लिएको मा दुख व्यक्त गर्नुभयो । भाबी कार्यक्रमको बारेमा जानकारी दिदैं उहाले ५ देखी १० मेगावाटको बिद्युत्गृह स्थापना गरि त्यसको आम्दानीबाट अनुसन्धान केन्द्र संचालन गर्ने योजना रहेको र दर्ताको काम पनि भईसकेको तर सरकारबाट रिणको रुपमा आबश्यक सहयोग को अपेक्षा रहेको सो क्रममा बताउनुभएको थियो ।

कार्यक्रम संयोजक सरल आचार्य ले कार्यक्रमको उद्धेश्य बारे प्रकास पार्नु भएको थियो । कार्यक्रम टकिङ माईन्ड का अध्यक्ष सरद राज पन्तको सभापतित्व मा सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...