एमाले बरिष्ठ नेता नेपाल पोखरा आउने

पोखरा, १ भदौ/नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भोली पोखरा आउने भएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले एमाले पार्टी कार्यालयमा आयोजना गरेको बृहत भेलामा सहभागि हुन नेपाल पोखरा आउन लाग्नु भएको एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य श्रीनाथ बरालले जानकारी दिए ।
संविधान सभाको दोस्रो निर्वाचनको लागी दलहरुबीच सहमतिको प्रयास भइरहेको बेला नेता नेपालले राष्ट्रिय राजनीतिका विषयमा पनि आफ्नो विचार राख्ने उनले बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन पनि दिने एमालेले बताएको छ ।
यसैबीच प्रतिष्ठानले आयोजना गर्ने भेलाको तयारी पुरा भएृको छ । भेला तयारी समितिका संयोजक पुण्यप्रसाद पौडेलले भेलालाई व्यवस्थित बनाउन सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिए । नेता नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हुन् ।

कमेन्टहरु
Loading...