कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदाको निधन

काठमाडौं, २० चैत/हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा श्रेष्ठको निधन भएको छ । यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।

उनको विहान नौबजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनका एक छोरा, एक छोरी छन् ।

कमेन्टहरु
Loading...