नेकपा–माओवादीद्धारा स्कुल कब्जा,विद्यार्थीको भविस्य अन्यौलमा

नेकपा–माओवादीले संखुवासभाको एक विजी विद्यालय कब्जा गरेका छन् । सदरमुकाम खाँदबारीस्थित सूर्य बोर्डिङ स्कुलको सम्पूर्ण संरचना, जग्गाजमिन कव्जा गरेको नेपका–माओवादीले जनाएको छ । नेकपा–माओवादीका जिल्ला सेक्रेटरी आर.पी. किरातीले एक विज्ञप्ती जारी गरी  कव्जा गरेको जनाएका हुन् ।

बोर्डिङवाट प्राप्त भएको आम्दानी अमेरिका जाने गरेको आरोप  विज्ञप्तिमार्फत माओवादीले लगाएको छ । बोर्डिङले विद्यार्थीको शुल्क अत्याधिक बढाएको र शिक्षकहरुमाथि श्रम शोषण गरेकोले बाध्य भएर स्कुल कब्जा गरिएको माओवादीको भनाई छ । निजी स्तरवाट सञ्चालित नर्सरी देखि कक्षा १० सम्म पढाई हुने स्कुल नेकपा-माओवादीले कव्जा गरेपछि स्कुलमा अध्ययनरत करिव ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । cp. setopati.com
कमेन्टहरु
Loading...