मंगलबार (भोलि) बाट नेपाल लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

पोखरा, १० चैत / सरकारले मंगलबार (भोलि) बाट देशलाई लकडाउने गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण सम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन ।

सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन् ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ ।

कमेन्टहरु
Loading...