लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद निर्णय

काठमाडौं, २४ वैशाख / सरकारले लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरिरहेका छ ।

पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख २५ सकिँदै थियो । नेपालमा अहिले सम्म ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कमेन्टहरु
Loading...