लकडाउनलाई खुकुलो गर्न यस्तो बन्यो कार्ययोजना

0 3,598

काठमाडौं, २१ वैशाख/ लकडाउनलाई विस्तारै खुकुलो र खुला गर्ने उद्देश्य सहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।

कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४१ दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले कार्ययोजना तयार पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...