लायन्स क्लब माछापुच्छ«े द्धारा लम्जुङमा विभिन्न कार्यक्रम, ७० हजार भन्दा बढीको सहयोग

पोखरा, २२ पौष/ लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेले लम्जुङ जिल्लाको करापुटारमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । क्लबले करापुटारमा रहेको कुसुमाकर उच्च माविका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री बितरण गरेको छ भने निशुल्क आँखा शिविर गरेको छ । आँखा शिविरमा ३ सय जनाले आँखा परिक्षण गरिएको थियो भने ७ जना मोतिया विन्दुका विरामी भेटिएका थिए ।

सात जनालाई आउने जाने खर्च सहित हिमालय आँखा अस्पतालमा ल्याई निशुल्क सल्क्रीया गरीने क्लबका अध्यक्ष गगन घिमिरे जानकारी दिए । निःशुल्क आँखा शिविरका संयोजक एवं एन एल एफ् संयोजक लायन शिव बरालले आर्थिक अभावमा संसार देख्नबाट बञ्चीत रहेका बृद्धाबृद्धलाई लायन्सले सहयोग गर्दे आएको बताए ।

शिबिरमा २३० वटा चस्मा निशुल्क वितरण गरीएको चस्मा वितरण गरेको कपिल पोख्ररेलले जानकारी दिए । २५ हजार मुल्य बराबरको चस्मा सहयोग गरेका पोख्ररेलले बताए । हिमालय आँखा अस्पतालबाट गएको बरिष्ठ नेत्र प्राविधिक गोविन्दनाथ योगीको टोलीले आँखा परिक्षण गरेको थियो ।

त्यस्तै क्लबले कुसुमाकर उच्च माविका १० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई दुई दुई हजारका दरले छात्रबृति वितरण गरेको छ । छात्रवृतिको लागी डीआर भट्टराईले सहयोग गरेका थिए । त्यस्तै शैक्षिक सामाग्री वितरणका संयोजक अर्जुन थापाले १७ हजार ५ सय बराबरको शैक्षिक सामाग्री २० जना विद्यार्थी लाई वितरण गरेको बताए ।

कार्यक्रममा इन्जिनीयर जोन चियर पर्सन रामचन्द्र पोख्ररेलले लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेले स्थापना देखि विभिन्न सामाजिक सेवा गर्दे आएको बताउदै छोटो समयमा माछापुच्छ«ेले धेरै कार्यक्रम गरेको बताए । लायन्स क्लब पोखरा फेवा लेकसिटीका संस्थापक अध्यक्ष बाबु पराजुली, लायन्स क्लब अफ पोखरा माछापुच्छ«ेका अध्यक्ष गगन घिमिरे, सहसचिव कालिदाश पौडेल लगाएतले लायन्सका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...