लेखनाथ महोत्सवमा दर्शकको घुईचो

पोखरा, २८ माघ/पश्चिमाञ्चल क्षेत्रकै अन्तिम महोत्सवका रुपमा रहेको लेखनाथ महोत्सवको नवौं संस्करणमा दर्शकको संख्या बढ्दै गएको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ शुरु भएको महोत्सवमा १ करोड ३० लाखको कारोवार भईसकेको छ । महोत्सवमा कृषिजन्य देखी औद्योगिक प्रतिष्ठानका विभिन्न उत्पादनहरु तीन सय भन्दा वढी स्टलमा राखिएको छ । महोत्सवमा वेगनासतालको झलक दिने गरी वनाइएको कृत्रिम ताललाई दर्शकहरुले चाखपूर्वक अवलोकन गरेको  थिए । मनोरञ्जन तर्फ विद्यालयस्तरिय नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिताको आयोजना गरिएको थियो ।

महोत्सवमा आज प्रजातपति पराजुली, कृष्ण देवकोटा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, नेत्र भण्डारी, जुना श्रीष, निषा पोखरेल र सरला पाण्डे लगायतका कलाकारले लोकदोहोरी प्रस्तुत गर्ने प्रचार प्रसार उपसमितिका संयोजक लक्ष्मीप्रसाद त्रिपाठीले जानकारी दिए । यस्तै रत्यौली गीत प्रतियोगिता, विद्यालयस्तरिय नृत्य प्रतियोगिता, जनजातिको भेषभूषा र सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

कमेन्टहरु
Loading...