लेखनाथको मालेपाटनमा १०८ विराट ज्ञान महायज्ञ शुरु

माघ २९ गते, लेखनाथ /कास्कीको लेखनाथ नगरपालिकाको वडा नं. १५ मालेपाटनमा राष्ट्र शान्ति, मानविय मैत्री श्रीमद् भागवत १०८ विराट ज्ञान महायज्ञको २६ औं संस्करण शुरु भएको छ । भक्तिवेदान्त, भागवत प्रकाश, मानवता, नैतिकता र मर्यादा विकास भन्न मुलनाराका साथ आयोजित महायज्ञको २६ औं संस्करण सोमवार देखी शुरु भएको हो । महायज्ञ अन्र्तगत मंगलवार शोभायात्र शूरु गरी कथा वाचन हुने व्यवस्थापन समितिका अध्यक्ष गोपीराज वाग्लेले जानकारी दिए । राष्ट्रका गाउँ गाउँमा पुग्ने कार्यक्रम अन्र्तगत स्याङजाको वयरघारीवाट २०६८ साल माघ १४ गते श्रीपञ्चमीका दिन देखी शुरु भएको महायज्ञको यात्रा विभिन्न गाउँ हुँदै लेखनाथ १५ मालेपाटनमा २६ पटकको कार्यक्रम आयोजना गरिएको अभियन्ता नविन वाचक युवा पण्डित देव नयन नारायण लामिछानेले जानकारी दिए ।

लामिछानेले पाँच बर्षमा १०८ संस्करण पुर्याई ज्ञान महायज्ञको समापन गरिने वताए । लामिछाने आफैले भागवत ज्ञानमहायञको कथा वाचन गर्ने उल्लेख गर्दै सप्ताहमा सहभागी हुन चाहने भक्तजनहरुले एक सप्ताहको ११ रुपैयाा दरले एक सय ८ सप्ताहको ११ सय ८८ रुपैया दान दिन सक्ने नीति रहेको वताए ।

आर्थिक संकटका वेला भक्तजनहरुलाई वढी मार नपरोस भन्ने उद्देश्यले ११ रुपैया दान लिने व्यवस्था मिलाईएको लामिछानेले वताए । उनले भने— एघार रुपैयाका दरले १ सय ८ संस्करणको रकम तिरेपछि महायज्ञको आयोजक वन्न पाईनेछ ।”यस अघि लेखनाथ नगरपालिकाको वडा नं. १३ जनताको चौतारामा ज्ञान महायज्ञको २५ औं संस्करण सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...