लकडाउन एक हप्ता थप्न सिफारिस

काठमाडौं, १३ वैशाख/ उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक हप्ता थप गर्नुपर्ने सल्लाह दिएको छ ।

कति थप्ने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सफलता आएको निष्कर्ष निकालेको थियो ।

बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेतमा छलफल गरेको थियो ।

कमेन्टहरु
Loading...