लेकसिटीका विद्यार्थीलाई जापानी प्रोफेसरको प्रशिक्षण

पोखरा, भदौं १७/गैहपाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा जापानी प्रोफेसर ह्मामी यासुनोले मानवशास्त्रको खोज तथा अनुसन्धान बारेमा सोमबार प्रशिक्षण दिएकी छन् । प्रोफेसर यासुनाले २२ वर्षदेखि कर्णालि अञ्चलको जुम्लामा अध्ययनका क्रममा सिकेका विषयवस्तुको बारेमा कलेज तथा पश्मिाञ्चल उमाविमा अध्ययनरत विद्यार्थीलाई जानकारी गराएकी थिइन ।
उनले कर्णालिको धार्मिक तथा सांस्कृतिक पक्षको बारेमा अध्ययन गरेकि थिईन । अनुसन्धान गर्दा पत्ता लागेका तथ्यहरु, आफूले भोगेका अनुभव, र त्यसका समस्या र अध्ययन विधि बारेमा उनले अनुभव साटेकि थिईन । सोही अवसरमा विद्यार्थीहरुले अनुसन्धानको क्रममा अपनाउनुपर्ने विधि तथा प्रयोगका बारेमा जिज्ञासा राखेका थिए ।
पश्चिमाञ्चल फाउन्डेशनका अध्यक्ष डा. विश्वकल्याण पराजुलीले मानवशास्त्र तथा समाजशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुको लागी खोज अनुसन्धान महत्वपूर्ण हुने बताए । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.खगेन्द्र केसीले विद्यार्थीको जिज्ञासालाई समाधान गरेका थिए । कार्यक्रममा लेकसिटी कलेजमा स्नातक तेस्रो वर्ष र पश्मिाञ्चल उमाविमा अध्ययनरत करिब ५० जना विद्यार्थी सहभागि थिए । कार्यक्रम लेकसिटी कलेजका सहायक प्रमुख देवबहादुर क्षेत्रीले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...