काठमाडौ महानगरको चार करोड स्वाहा

काठमाडौ, २७ बैशाख । काठमाडौ उपत्यकामा रहेका नेवार समूदायको भाषा, सस्कृति र परम्पराको उत्थान र विकास गर्ने नाममा एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता सर्वोत्तम दास डंगोलले काठमाडौ महानगरपालिकाबाट लिएको ४ करोड रुपैयामा ब्रम्हलुट मच्चाएको खुलेको छ । महानगर पालिकाका प्रशासन प्रमुख महेश काफ्लेले समेत उक्त रकम महानगरबाट निकासा भइसकेको पुष्टि गरेका छन् । तर त्यति ठूलो रासी कहाँ कसरी खर्च भयो त्यो विषयमा भने महानगर वेखबर जतिकै भएको छ । अहिलेसम्म लेखापरिक्षण नगरीनुले पनि चार करोड रुपैया क–कस्को भागशान्तिमा प¥यो त्यो भने खोजीको विषय भएको छ ।

डंगोलको संरक्षणमा रहेको नेवाः जातीय उत्थान कोषले २०६५ असोज ९ गते एक र २०६६ असार २९ गते ३ करोड रुपैया गरी जम्मा ४ करोड रुपैया महानगरपालिकाबाट निकासा लिएको थियो । उक्त रकम बराबरको फर्जि कामको विवरण बनाएर पेश्की फर्छौट गर्ने तयारी डंगोलले गरे पछि सो घोटाला सार्वजनिक भएको हो । डंगोलले लिएको चार करोडको हिसाब फर्छौट गर्ने क्रममा हालसम्म प्रकाशित नै नभएको अप्सरा साप्ताहिकलाई भाषाको उत्थानमा भूमिका खेलेको भन्दै २० हजार रुपैया दिएको उल्लेख छ । त्यसैगरी सो संस्थाले नेवा संग्राहलय निर्माण तथा ब्यवस्थापन समितिलाई १० लाख १५ हजार दिएको उल्लेख गरेको छ ।

सो रकम पनि त्यहाँ पुगेको आफूहरुले अनुगमनको क्रममा नपाएको काठमाडौ महानगरपालिका स्रोतले जनाएको छ । त्यसैगरी नेवाः स्थानामी मण्डललाई साढे सात लाख, सन्ध्या टाईम्सलाई ५० हजार, झिगु सोनिग साप्ताहिकलाई ५० हजार, देशे मरु झया साप्ताहिकलाई १० हजार, नेपाल भाषा ईन्स्टीच्यू सञ्चालन गर्न नेपाल भाषा स्यनज्या कुठिलाई ४ लाख ५० हजार, जातीय बाजा संरक्षणको लागि भन्दै फेरि सो संस्थालाई ४ लाख ५० हजार, नेपाल भाषाको कक्षा सञ्चालनको लागि भन्दै नेवाः स्थानामी नेपाल मण्डललाई ७ लाख ५० हजार रुपैयाको विवरण प्रस्तुत गरेर ४करोडको फर्जि फर्छौट विवरण पेश गरिएको छ । डंगोलले २०६७÷१÷२९ मा सरस्वती आर्टबाट नेवा जातीय उत्थान कोषको छाप बनाएर ५०० रुपैया महानगरबाटै असुलेका थिए । त्यसपछि उक्त संस्थाका नाममा रकम निकासा हुने पक्का भएपछि मात्र सो संस्था नेपाल सरकारको तालुकदार अड्डामा दर्ता भएको खुलेको थियो ।
डंगोलले फर्जि विवरण बनाएर कामै नगरी नेवा जातीय उत्थानको नाममा आफ्नो ब्यक्तिगत उत्थान गरेको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसमक्ष पनि यस अघि नै उजुरी परेको थियो । तर प्रचण्डले डंगोललाई बोलाएर सामान्य कुराकानी गर्नु बाहेक कुनै कारवाही नगरेको नेवार भाषा र सस्कृतीको उत्थानमा लागेकाहरु गुनासो गर्छन । डंगोलले पार्टीको नामबाट सो फर्जि विवरण अनुसार पेश्की फर्छौट गराउन महानगर पालिकाका अधिकारीहरुलाई तारन्तार दवाव दिईरहेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन । दासको दवाव महानगर पालिकाकोको लागि निल्नु न ओकल्नु भईसकेको छ । नस्विकारे देशको ठूलो पार्टीको दवाव आउने, स्विकारे अन्य सस्थाले विरोध गर्ने र लेखा परिक्षणमा समेत फस्ने स्थितिमा रहेका छन् ।

महानगरपालिका स्रोतले डंगोलले पेश गरेको सबै विवरण झुठा भएकोले उनले दिए भनिएका कति पय संस्थाहरु अस्तित्वमा नै नरहेको र रहेकाले पनि पैसा नपाएको स्पष्ट जानकारी आफूरुलाई दिएको जनाएका छन् । डंगोलले आफ्नो खर्च विवरण २०६८ सालमै महानगर पालिकामा बुझाए पनि अहिले सम्म फर फारक हुन सकेको छैन । सो रकमको अहिलेसम्म महानगर पालिकाले लेखा परिक्षण समेत गर्न सकेको छैन । उता पुरानो बसपार्कमा रहेको सिटी मार्केटले काठमाडौं महानगरपालिका तिर्नुपर्ने करोड भन्दा बढी भाडा तिर्न नदिएर डंगोल आफैले मार्केट खरिद गर्न लागेको श्रोतकोा भनाई छ । त्यसका लागि डंगोलले महानगरपालिका र दलीय संयन्त्रका प्रतिनिधिहरुलाई दवाब दिन थालेको बुझिएको छ ।

सर्वाेच्च अदालतले बसन्तपुर क्षेत्र र धरहरा संरक्षणका लागि निर्देशनात्मक आदेश जारी गरेपछि महानगरपालिकासँग साइड वाकर्स ट्रेडर्स प्रा. लि.ले सम्झौता गरेको थियो । त्यहि सम्झौतालाई भ¥याङ्ग बनाएर महानगरपालिका समेतलाई विवादमा पारी सिटी मार्केट डंगोलले खरिद गर्ने प्रपञ्च रचेको सिटि मार्केट प्रा. लि. सञ्चालन गर्दे आएका एक जनाले नाम सार्वजनिक नगर्ने सर्तमा डंगालले अनावश्यक दुःख दिएको बताए । चार करोड घोटला सम्बन्धी उजुरी अख्तियारमा परेपनि अहिलेसम्म अख्तियारले त्यसलाई महत्व नदिएको सरोकारवालाको भनाई छ । अख्तियार प्रवक्ता कृष्ण ढुङ्गानाले भने यस विषयमा थप बुझेर मात्र प्रतिक्रिया दिन सकिने बताए ।

कमेन्टहरु
Loading...