खास्टेतालको मुहार फेरीदै

नेपाल प्रहरीद्धारा खाँस्टेताल सरसफाई
पोखरा, २४ माघ/सुरक्षा निकाय तथा स्थानीय बासिहरुको सक्रियतामा लेखनाथ नगरपालीका वडा नम्वर ४ मा लोपउन्मुख अबस्थामा रहेको खाँस्टेतालको मुहार फेरीदै छ । लामो समयदेखि खास्टेताल संरक्षण हुन नसकेको तथा तालवराही मन्दीर जिर्ण अबस्थामा रहेकोले पोखरा रामबजार निवासी राजेस गुरुङको नेतृत्वमा हाल खास्टेतालमा सरसफाई तथा खास्टेलात परिसरमा रहेको तालवराही मन्दीर मर्मत हुन लागेको खास्टेताल मन्दीर संरक्षण समितिका अध्यक्ष खेमराज बरालले बताए ।

बुधबार सशस्त्र प्रहरी वल र विहिबार नेपाल प्रहरीको छुट्टा छुट्टै टोलीले ताल सरसफाईमा जुट्दा हाल ताल तथा मन्दीरको महार फेरीदै गएको अध्यक्ष बरालले बताए । पोखरा पार्दीमा रहेको पश्चिम क्षेत्रिय प्रहरी गणको एक टोलीले विहिबार ताल सरसफाई गरेको हो । प्रहरी नायव निरिक्षक कृष्ण थापाको नेतृत्वमा ५२ सदस्यीय एक टोलीले तालमा रहेको झारपात तथा माटो निकालेको बरालले बताए । स्थानीय ८३ बर्षीय केशवराज तिमिल्सिनाले राजेसको पहलबाट मन्दीर तथा ताल संरक्षणको अभियान सुरु भएकोले यसलाई निरन्तर रुपमा ताल तथा मन्दीर संरक्षणमा सवैको साथ र सहयोग आवश्यक भएको बताए ।

खास्टेतालको सरसफाइ गर्दै प्रहरी
खास्टेतालको सरसफाइ गर्दै प्रहरी

एसियाकै धेरै नावो (धानको प्रजाति) पाईने क्षेत्र, मामा कोदो पाईने, रज हाँसको प्रजाती पाईने, पानी वद, सानो सिम काँडे, एसियाकै सवै भन्दा ठुलो सेतो कमल फुल्ने ठाँउ खास्टेताल क्षेत्रको समयमै संरक्षण गर्न स्थानीय उमराज घिमिरेले माग गरेका छन । शिव रात्रीदेखि उक्त मन्दीरमा एक पण्डितलाई राखीने भएकोले ईच्छुक पण्डितले समितिमा सम्पर्क गर्न समितिका सचिव ईश्वरराज भण्डारीले बताए । मन्दीरमा मुर्ती स्थापनाको लागि युनाईटेड गोल्ड मार्टका अध्यक्ष महेन्द्रमान गुभाजुबाट २५ हजार भन्दा बढी मुल्यको मुर्ती उपलब्ध गराउने भएको अर्थ समिति संयोजक राजेश गुरुङले बताए । उनले आफ्नो अभियानलाई विभिन्न व्यक्ति तथा संघ संस्था तथा सुरक्षा निकायले सहयोग गरेकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग पाउने विश्वास लिएका छन ।

त्यस्तै स्थानीय जनजाग्रिती महिला समुह, खास्टेताल वराही आमा समुह तथा स्थानीय अनिल प्रसाद अधिकारीको नेतृत्वमा १० जना युवाहरुले समेत मन्दीर मर्मतमा जुटेका थिए । शिवरात्रीको अवसरमा फागुन १५ गते शिवधुनी लगाउनुका साथै दुध चढाउने कार्यक्रम समेत मन्दीरमा आयोजना गरीने भएको गुरुङले बताए ।

कमेन्टहरु
Loading...